धरान: ७० औं प्रजातन्त्र दिवसको अवसरमा बुधबार(भोली) फागुन ७ गते धरान उपमहानगरपालिकाले प्रभातफेरी कार्यक्रम गर्ने भएको छ ।
प्रजातन्त्र दिवस मनाउने बिषयमा मंगलबार बिहान उपमहानगरपालिकामा छलफल भएको थियो । छलफलले बुधबार बिहान उपमहानगरपालिकाबाट ७ बजे प्रभातफेरी निस्कने र छाताचौक, भानुचौक, पुतलीलाईन, सब्जीमण्डी, पब्लिक स्कुल हुँदै पुनः नगरपालिकामा पुगेर सभाका परिणत हुने कार्यक्रम तय भएको छ ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख अतिथि रहनेछन् । प्रभातफेरीमा प्रदेश सभामुख प्रदीपकुमार भण्डारीको पनि उपस्थिति रहने बताइएको छ । प्रभातफेरीको क्रममा भानुचौकमा नेपाली झण्डोत्तोलन पनि गरिने भएको छ ।