काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको मुटूको कोरोनरी एन्जियोग्राफी गरिएको छ ।

प्रधानमन्त्री ओलीको मंगलबार शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एन्जियोग्राफी गरिएको हो । डा.अरुण सायमीको नेतृत्वको टोलीले उनको मुटुको परीक्षण गरेको बताइएको छ ।

अस्पताल स्रोतले जनाए अनुसार प्रधानमन्त्री ओलीको मुटुको अवस्था सामान्य रहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको मुटुको सामान्य परीक्षण मात्रै गरिएको दाबी गर्दै आजै राती घर फर्कने बताए । प्रधानमन्त्री ओलीको दोस्रो मिर्गौला प्रत्यारोपण गर्ने तयारी पनि भइरहेको छ ।