धरान: आज ७० औं राष्ट्रिय प्रजातन्त्र दिवस । प्रजातन्त्र दिवसको अवसर पारेर धनकुटाको छिन्ताङ काण्डमा सहिद भएका परिवारहरुलाई आज प्रदेश नं १ सरकारले आर्थिक सहायता वितरण गर्ने कार्यक्रम छ ।

निरंकुश पञ्चायती व्यवस्थाले २०३६ सालमा खोकु छिन्ताङ क्षेत्रका १६ जनाको हत्या गरेको थियो । तिनै सहिद परिवारलाई प्रदेश सरकारले सम्मान तथा आर्थिक सहायता प्रदान गर्न लागेको हो । प्रदेश मन्त्रीपरिषद बैठकले छिन्ताङका सहिदहरुलाई प्रतिव्यक्ति ५ लाखको दरले सम्मान तथा आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की सहिदभुमी गाउँपालिकामा गएर आर्थिक सहायता प्रदान गर्ने कार्यक्रम छ ।

xintang2

 

धनकुटाका प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेका अनुसार दिउँसो २ बजे औपचारिक कार्यक्रम शुरुवात हुनेछ । सहदिभुमी गाउँपालिका वडा नं १, ३ र ७ का १६ जना सहिद परिवारलाई प्रतिव्यक्ति ५ लाखको दरले आर्थिक सहयोग दिइने प्रजिअ घिमिरेले बताए । ‘प्रदेश मन्त्रीपरिषदको निर्णय अनुसार सहिद परिवारलाई सम्मान तथा आर्थिक सहायकता वितरण कार्यक्रम आज हुदैछ, मुख्यमन्त्री ज्यू बाट नै सहायता प्रदान गर्ने कार्यक्रम छ,’उनले भने ।