झापा: झापाको मेचीनगर नगरपालिका—६ बाट अबैध रुपमा भन्सार छली नेपालबाट भारत तर्फ लैजाँदै गरेको अन्दाजी ३ लाख मुल्य बराबरको समान बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मंगलवार राती साँढे ९ बजे अवैध सामान पक्राउ गरेको हो । प्रहरीका अनुसार नेपालबाट भारततर्फ लैजाँदै गरेको सुपारी, ओखर, छोकडा गरी जम्मा २६ बोरा वरामद गरिएको छ । ती सामानको मुल्य अन्दाजी ३ लाख बराबर रहेको पनि बताइएको छ । बरामद भएको समान आवश्यक कारवाहीको लागि आजै मेची भन्सार कार्यालयमा बुझाईने उक्त कार्यालयले जनाएको छ ।