झापा: झापाको ३ छुट्टाछुट्टै स्थानबाट ठुलो परिणाममा अबैधरुपमा निर्यात भईरहेको करिव १५ लाख मुल्य बराबरको समान बरामद भएको छ ।

शनिवार दिउँसो ४ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले झापाको कचनकवल गाउँपालिका ४ बाट अबैध रुपमा नेपालबाट भारततर्फ साईकलमा लोड गरेर लैजाँदै गरेको हरियो मटर र मरिच वरामद गरेको हो । वरामद भएको सामान करब ८ लाख ९५ हजार रुपैयाँ बराबरको भएको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

यसैगरी, ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ बाट भारतर्फ लैजादै गरेको १ लाख ६६ हजार रुपैयाँ बराबरको लत्ता कपडा बरामद गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ बाटै करिव ५ लाख २८ हजार रुपैयाँ बराबरको सुपाडी र हरियो मटर पनि बरामद गरेको जनाएको छ । अबैध रुपमा बरामद भएको समान आवश्यक कारवाहीको लागी आज मेची भन्सार कार्यालय बुझाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।