धरान: नेवार एकता समाज धरान १२ ले हेयर डिजाईनर तथा बेसिक मेकअप तालिम सम्पन्न गरेको छ ।

विनिता तुलाधरको संयोजकत्वमा आयोजित तालिममा वडाका २५ जना महिलाहरुको सहभागिता रहेको थियो । शनिबार पब्लिक हाई स्कुलको सभाहलमा आयोजित तालिममा प्रदेश नं १ का सांसद सावित्री जोशी प्रमुख अतिथि रहेकी थिइन् । प्रमुख अतिथि जोशीले महिलाको विकासका लागि आयआर्जन गर्नसक्ने सीपको विकास गर्न तालिमको अत्यन्तै आवश्यक हुने हुने बताइन् ।

समाजकी सचिव विनिता बज्रचार्यले महिलाहरुको सन्र्दयसँगै सीप विकास गर्न वडाको महिलालक्षित कार्यक्रम अन्तरगत आयोजना गरिएको बताइन् । सहभागीहरुलाई केसको श्रृंगार र स्याहार कसरी गर्ने, अनुहारको आकृति अनुसार केसको डिजाईन, मेकअप र छालाको स्याहार लगायतका विषयमा प्रशिक्षण दिईएको समाज धरान १२ की अध्यक्ष पुष्पा प्रधानले बताईन् ।

सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै नेवार एकता समाज धरानका अध्यक्ष राजेशमान श्रेष्ठले प्रत्येक वडाले यस किसिमको तालिम अयोजना गर्नुपर्ने कुरामा जोड दिएका थिए । नेवा देय दबू धरानका अध्यक्ष मनोहर लगायत विभिन्न खलपुचःका पदाधिकारी एवं समाजका सदस्यहरुको सहभागिता रहेको थियो ।