काठमाडौं: प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको दोस्रो पटक बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ ।

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा नै प्रत्यारोण गरिन लागेको हो । उनलाई नातामा नातिनी पर्ने आफन्तको मृगौला प्रत्यारोपण गरिन लागेको मिडियाहरुमा समाचार आएको छ । अनलाइनखबरका अनुसार प्रधानमन्त्रीलाई मृगौला दिन धेरैले इच्छा जाहेर गरेपनि नाम गोप्य राखिएकी ती नातिनीसँग म्याच भएको थियो ।

बुधबार हुने प्रत्यारोपणको लागि प्रधानमन्त्री ओलीलाई भोली सोमबार नै अस्पतालमा भर्ना गरिनेछ । प्रधानमन्त्री ओलीको १३ बर्ष अघि दिल्लीमा मृगौला प्रत्यारोपण गरिएको थियो । त्यसबेला उनलाई बुहारी अञ्जनाले मृगौला दिएकी थिइन् । प्रधानमन्त्रीले देशभित्रै उपचार गराउन चाहेकोले शिक्षण अस्पतालमा नै प्रत्यारोपण गरिन लागेको बताइएको छ ।