काठमाडौँ: नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि जुत्ता प्रहार भएको छ ।
प्रथम भरतमोहन अधिकारी स्मृति दिवसको कार्यक्रम भइरहेको राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । प्रमुख अतिथिकोरुपमा कार्यक्रमलाई सम्बोधन गरिसकेर मञ्चमा फर्कने क्रममा जुत्ता प्रहार भएको थियो । प्रचण्डलाई जुत्ता प्रहार भएपनि नलागेको बताइएको छ । जुत्ता प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनलाई प्रहरी वृत सिंहदरबारको हिरासतमा लगिएको छ।