धरान: धरान उपमहानगरपालिका ९ नं. वडा कार्यालयले वडामा रहेका वित्तिय संंस्थाहरुसँग अन्तरकृया गरेको छ ।
शुक्रबार सगरमाथा होटल आचार्य लाईनमा सम्पन्न कार्यक्रममा वडामा रहेका सहकारी, वैंक, वित्तिय संंस्थाहरुको पदाधिकारीहरु सँग वडाको विकासमा सहकार्य गर्ने सम्बन्धमा अन्तरकृया भएको थियो । वित्तिय सँस्था वडाको गहना भएकोले उनीहरुको समस्याहरु भए वडाले सकेसम्म समाधानमा सहयोग गर्ने कुरा वडा सदस्य शरद रत्न पार्थिवले व्यक्त गरे । वडाको विकास निर्माणमा सहयोग गर्ने संस्थार्लाइ वडा कार्यालयले सम्मान् गर्ने कुरा बताउदै वित्तिय संस्थाहरुलाई पनि सहकार्य गर्न ९ नं.वडाका वडाध्यक्ष रत्न बहादुर कट्वालले अनुरोध गरे ।
आफ्नो कार्यालय रहेको स्थानमा बाटो मर्मत संहार, फोहर व्यवस्थापनका लागि डण्टवीन, सीसी क्यामेरा जडान आदिमा सहयोग गर्ने वित्तिय संस्थाहरुले प्रतिवद्धता व्यक्त गरेका थिए । अन्तरकृया कार्यत्रममा वडाले गरेका कार्यक्रम र यसका योजनाका बारेमा वडा सचिव रञ्जु भुजेलले जानकारी गराइन् । वडा कार्यालर वित्तिय संस्थाहरुले वडा विकासका लागि धेरै सहयोग पु¥याउदै आएको छ । वित्तिय संस्थाहरु नाफामुखी भए नभए सामाजिक सेवमा पनि उतिकै ध्यान दिन वडा कार्यालयले आग्रह गरेका थिए । वडा सदस्य शरद् रत्न पार्थिव, सविना शाक्य, मनोज कुमार राउत, रिचा शंकर लगायत वडाका समाजसेवी बुद्धिजिवी लागयतको उपस्थिति रहेको थियो ।