सुनसरी: नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको वैचारिक एवम राजनीतिक नीतिहरुको प्रचार–प्रसार गर्ने उद्देश्यले स्थापना भएको ‘पुष्पलाल मित्रता केन्द्र’को १ नम्बर प्रदेश कमिटी गठन भएको छ ।

सुनसरीको इटहरीमा आइतबार भएको प्रदेश स्तरीय भेलाले झापा निवासी भाष्कर काफ्लेको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा इन्द्र वुढाथोकी र सचिवमा मोतीराज सुनुवारलाई चयन भएका छन् । उपाध्यक्ष वुढाथोकी झापा दमकका हुन् भने सचिव सुनुवार धरानका हुन् । जिफण्टबाट मनोहरी सिवाकोटीलाई सदस्यमा चयन गरिएको छ । केन्द्रका केन्द्रिय अध्यक्ष जगन्नाथ खतिवडाको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो ।

केन्द्रको सदस्यहरुमा झापाबाट पुष्पराज पोख्रेल, लोकबहादुर धिमाल, सन्तलाल मेचे, सिताराम अधिकारी भोजपुरबाट केवल राई र मेरीना राई, तेह्रथुमबाट विष्णुविक्रम सुव्वा, गणेश सेन, गोपाल दाहाल र सोम गौतम, ओखलढुङ्गाबाट शंकर कार्की र शंकर कटवाल, इलामबाट ध्रुव श्रेष्ठ, हिमाल किराती र मुना शर्मा, पाँचथरबाट उपेन्द्र दंगाल र गंगा चेम्जोङ, मोरङबाट वालेश्वर कामत, नारायण भण्डारी र वद्री अर्याल, उदयपुरबाट ज्ञानेन्द्र श्रेष्ठ, केन्द्र राउत र गिता खड्का लगायत छन् ।

थप सदस्यहरुलाई केन्द्रको वैठकले मनोनित गर्ने ‘पुष्पलाल मित्रता केन्द्र’ का महासचिव रविन कोइरालालले बताए । महासचिव कोइरालाले ‘पुष्पलाल मित्रता केन्द्र’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सुभेक्क्षुक संस्थाका रुपमा रहने र यसमा पुष्पलालका राजनैतिक र बैचारिक आदर्शहरुलाई स्वीकार गर्ने जो कोही आबद्ध हुनसक्ने बताए । १ नम्बर प्रदेश कमिटी गठन पश्चात अव केन्द्रको सांगठनिक संरचना अनुसार जिल्ला, महानगर, उपमहानगर, नगर, हरेक स्थानीय तहमा पुष्पलाल मित्रता केन्द्र गठन गरेर जाने पनि नव निर्वाचित सचिव सुनुवारले बताए ।