काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पाँच घण्टा लामो शल्यक्रिया पश्चात प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपण सम्पन्न भएपछि अस्पतालले पत्रकार सम्मेलन गरेर औपचारिकरुपमा जानकारी गराएको हो । प्रधानमन्त्रीको अवस्था स्थिर रहेको पनि अस्पतालले जनाएको छ । कार्यकारी निर्देशक प्रा.डा.प्रेमकृष्ण खड्काले प्रत्यारोपित मृगौलाले काम गर्न पनि शुरु गरिसकेको जानकारी दिए । 'उहाँको अवस्था स्थिर रहेको छ । उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखेर उपचारलाई निरन्तरता दिइनेछ,'कार्यकारी निर्देशक प्रा.डा.खड्काले भने । प्रा.डा.खड्काले मृगौला दान गर्ने भाञ्जीको समिक्षा संग्रौलाको पनि अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

oli-pressmeet3

प्रधानमन्त्रीको आज बिहान १० बजेदेखि शल्यक्रिया सुरु भएको थियो।प्रत्यारोपणपछि प्रत्यारोपण गरिएको मिर्गौलाबाट पिसाव पास भएको चिकित्सकहरुले जनाएका छन् । प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन् । प्रधानमन्त्री ओलीको यो दोस्रो पटक मृगौला प्रत्यारोपण हो । यसअघि उनको २०६४ साउनमा भारतको एपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । मृगौला दिने समिक्षाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो