धरानः गोर्खा भुतपूर्व सैनिक संघ (गेसो)का अध्यक्ष कृष्ण कुमार राईले नेपाल सरकारले उच्चस्तरीय समिति गठन गरेर गोर्खाहरुको माग पूरा गर्न माग गरेको छ ।
विहीबार धरानको होटल सन्ध्या इनमा पत्रकार सम्मेलन गदै अध्यक्ष राईले चाडो दुई पक्षिय बार्ता गरेर प्रतिवेदन कार्यान्वयन गर्न माग गरे । ‘नेपाल सरकारले चाडो उच्चस्तरीयसमिति गठन गरेर चाडो समाधान निकाल्नुपर्यो’ उनले भने ‘दुई पक्षीय बार्ता हुनै पर्छ, बेलायत, भारत र सिंगापूरसंग छुट्टा छुट्टै दुई पक्षिय बार्ता गर्नुपर्यो ।’ समितिले दिएको १३ बुँदे सुझाब अनुसार काम अगाडी बढाउनु पर्ने बताए । उनले ‘समान कामको समान ज्याला’ पाउनु पर्ने माग राख्दै आएको स्मरण गराए । ‘पहिलो कुरा समान पेन्सन, समान कामको समान ज्याला चाहियो हामीलाई,’ उनले भने ।
उनले सन् ७० को दशकतिर केही नदिई फार्काएका गोर्खालिहरुलाई उचित पेन्सनको व्यावस्था गर्नुपर्ने बताए । ‘उनीहरुको अहिले कष्टपूर्ण जिवन छ उनीहरुलाई स्टेट पेन्सन पाउनु पर्यो जती सर्भिस गर्दाखेरी खान्थ्यो त्यो अनुसार पेन्सिङ पाउनुपर्यो’ उनले भने ‘त्यतिबेला गोराहरुले कति पाएको थ्यो त्यो अनुसार गोर्खालीले पनि प्याकेज पाउनपर्यो ।’
उनले मृत्युपछि पाउने पेन्सिङमा पनि विभेद गरिएको उनले बताए । ‘गोरा मर्दा श्रीमतीले १०० प्रतिशत पेन्सिङ पाउने अनी हामी मर्दा चै हाम्रो श्रीमतीले चै ६० प्रीतशत मात्र पाउछ हामीले पनि त्यो पूरै पाउनुपर्यो ।’ उनले गोर्खालिहरु बेलायतको नियुक्ती लिएर बेलायतको लागि सेवा गरेपनि निबृक्तिभरण भने भारतको बैकबाट लिनुपर्ने भन्दै चर्को असनतुष्टि पोखे । त्यो सिधा बेलायतबाट नेपालको राष्ट्र बैकमा आउनुपर्ने बताए ।
गोर्खा भर्ति बन्द गर्ने बिषय सरकारको क्षेत्राधिकार हो
गोर्खा भर्ति बन्द गर्ने विषयमा अध्यक्ष राईले गोर्खा भर्ती बन्द गर्ने विषय नितान्त नेपाल सरकारको क्षेत्राधिकार भित्र पर्ने धारणा राखे । ‘गोर्खा भर्ति बन्द गर्ने नगर्ने नेपाल सरकारको कुरा हो, बन्द गर्न चाह्यो भने नेपाल सरकारले निर्णय गर्ला त्यसमा हामीले बोल्ने कुरो आउदैन’उनले भने ‘यदी गोर्खा भर्ती बन्द हुन्छ भने खाडीमा रहेको लाखौं लाख नेपालीलाई स्वदेश फिर्ता गर्नुपर्यो पहिला राम्रो अवसर सिर्जना गर्नुपर्यो अनी ना बन्द गर्ने कुरा आउँछ ।’