काठमाडौं: सञ्चारमन्त्रीबाट राजिनामा दिएका पुर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा आज बिहान बम बिष्फोट भएको छ ।
भक्तपुरको लोकन्थलीस्थित पूर्वमन्त्री बाँस्कोटाको घरको पर्खालमा बिष्फोट भएको हो । प्रहरीका अनुसार पूर्वतर्फको पर्खालमा बम विस्फोट भएको छ । विष्फोटबाट गेटमा क्षति पुगेको छ भने झ्यालको सिसा पनि फुटेका छन् । बिष्फोटले छिमेकका अन्य तीन घरमा पनि सामान्य क्षति पुगेको छ । बास्कोटाको घर अघि राखिएको एउटा भ्यानमा पनि क्षति भएको छ ।
घटनास्थलमा महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त ठिमीको टोली पुगेर आवश्यक अनुसन्धान शुरु गरिसकेको छ । घटना नेत्रविक्रम चन्द समूह विप्लव समुहबाट भएको हुनसक्ने प्रहरीको अनुमान छ । बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन मागेको अडियो सार्वजनिक भएपछि फागुन ८ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिनुपरेको थियो ।