धरान: घरपरिवारको खुशीको लागि नेपालका लाखौं युवाहरु विदेश भासिएका छन् । दिनरात मेहनत गरेर कमाइ गरेपछि घर आउछन्, र फेरि विदेशतिरै लाग्छन् ।

धरान १७ का दुई दाजुभाई भने अरु जस्तै फर्किएपछि पुनः विदेश गएनन् । विदेशबाट घर आएको केही समय पछि सिताराम त्रिताल र उनका भाई हरिराम त्रितालले धरानमा खाद्य उद्योग खोलका छन् । धरान १७, रेल्वे चोक नजिकैको सुनौलो मार्गमा स्थापना भएको त्रिताल खाद्य उद्योगको आज बुधबार एक कार्यक्रमबीच वडाअध्यक्ष सुर्यबहादुर भटराई(मनोज)ले रिबन काटेर उद्घाटन गरेका थिए ।

यो उद्योग त्रिताल दाजुभाईले २५ लाख लगानी भएको बताएका छन् । अहिले नमकिन, भुुजिया र मटर फ्राई गरी ३ आइटम मात्र उत्पादन भएको दाजु सितारामले बताए । केही समयपछि थप मेशिन जडान गरेर अन्य आइटमहरु पनि उत्पादन शुरु गर्ने र लगानी वढ्ने उनले बताए । उनीहरुले एक कट्ठा आफ्नै जमिनमा उद्योग खोलेका हुन् । उद्योगमा ४ जनाले रोजगारी पनि पाइसकेका छन् ।

वडाअध्यक्ष भटराईले उद्योग उद्घाटन गर्दै यो उद्योगले युवाहरुलाई स्वदेशमा नै केही गर्नुपर्छ भन्ने उर्जा दिएको बताए । विदेशबाट फर्किएपछि उद्यममा लाग्न प्रेरणा मिल्ने उनले बताए । दाजु सिताराम करिब दशकअघि ३ बर्ष अफ्गानिस्तान गएर फर्किएका हुन् भने भाई हरिराम दुई बर्षअघि मात्र ५ बर्ष दक्षिण कोरिया बसेर घर फिरेका हुन् ।

trital-khadya2

भाई फर्किएपछि केही गर्नुपर्छ भन्ने सल्लाह वमोजिम भुजिया उत्पादन गर्ने उद्योग शुरुवात गरिएको दाजु सितारामले बताए । विराटनगरमा उनको ससुरालीले पनि यस्तै उद्योग सञ्चालन गरेका छन् । भाई हरिरामले कोरियाबाट आउदा विदेश नजाने सोच गरेर फर्किएको बताए । ‘बाध्यतामा विदेश गएका हुन्छौें, फर्कदा कमाएको पैसाले यही सानो कुरामा लगानी गर्दा पनि आत्मनिर्भर हुनसक्छौं,’उनले भने ।

फोटोहरु: विकास चाम्लिङ राई

IMG_8715.psd

 


trital-khadya-udyog

IMG_8718.psd IMG_8722.psd IMG_8728.psd IMG_8732.psd IMG_8737.psd