धरान: धरान ३ स्थित न्यु जयन्ती स्टोरका सञ्चालक यौवन खड्गी सर्वसाधारणले राखेको करोडौं रुपैया जोखिममा पर्ने गरी हराएका छन् ।
उनी करिब एक महिनादेखि गायब भएको पीडितहरुको भनाई छ । सर्वसाधारणहरुले १८ प्रतिशत ब्याज पाउने आशामा न्यु जयन्ती स्टोर सुन पसलमा पैसा राख्न दिएका थिए । सञ्चालक खड्गी गायब भएपछि पैसा जम्मा गरेका सर्वसाधारणहरुले उनको घर घेराउ गरिरहेका छन् ।
सर्वसाधारणहरुको करोडौं रुपेया डुब्ने जोखिम बढेको छ । वडा नं ३ का सदस्य विकास वनेपालीका अनुसार वडा कार्यालयमा यो बिषयमा निवेदन पनि परेको छ । ‘सबैको हिसाब गर्दा १२ करोड डुबेको हल्ला छ, १८ प्रतिशत ब्याज दिने भनेर पैसा राखेका रहेछन्,’उनले भने । खड्गीले आफ्नै घरमा सुन पसल चलाएका थिए ।