इटहरी: इटहरी ५ र १७ नम्वर वडा जोड्ने सुकुमारी पुलको शिल्यान्यास गरिएको छ ।
इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले पुलको शिल्यान्यास गर्दै इटहरीमा हुने विकास निर्माणको गुणस्तरमा कुनै सम्झौता नहुने प्रष्ट पारेका छन् । उनले भने,“गुणस्तर र समयावधिमा कुनै सम्झौता हुने छैन । समयमा काम सकिएन र गुणस्तर भएन भने त्यस्ता ठेकेदार कम्पनीलाई कालोसुचीमा राखिने छ ।” प्रमुख चौधरीले इटहरीमा कुनै पनि विकास निर्माणका कार्यमा कमिसन लिने दिने कार्य नहुने प्रष्ट पारे ।सुकुमारी खोलामा वक्स पुल १ करोड ४१ लाखमा आगामी असार १५ मा निर्माण सक्ने गरि सम्झौता छ ।
शिल्यान्यास कार्यक्रममा वडाध्यक्षहरु कल्याण कार्की, भगवानलाल साह, वडासदस्य सन्तोष पराजुली र स्थानीय समाजसेवी राजकुमार गिरीले सो पुल निर्माण भएपछि वारी पारी रहेका वडा नम्वर ५ र १७ का वासिन्दालाई अत्यन्तै सहज हुने वताए । उपमहानगरका इन्जिनियर अरुणराज लवटले पुलको प्राविधिक पक्षका वारेमा जानकारी दिए । ठेकेदार कम्पनीका निर्माण व्यवसायी दिब्यवाराज कोइरालाले सममै काम सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।