धरान: सुनसरी बहिरा संघमा एबिन राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।
हालै सम्पन्न भएको संघको साधारण सभाले राईको नेतृत्वमा ११ सदस्यीय समिति चयन गरेको हो । संघको उपाध्यक्षमा प्रशान्त चौधरी, महासचिव सोफिया ठटाल, सचिवमा खेल गुरुंग र कोषाध्यक्षमा हरि राई चयन भएका छन् । पाँच जना सदस्यहरुमा सुस्मिता दाहाल, वन्दना श्रेष्ठ, सुनिता शर्मा, गोविन्द निरौला र दिपेन्द्र गच्छदार चयन भएका छन् । नवनिर्वाचित नेतृत्वलाई निवर्तमान उपाध्यक्ष सम्बन्ध पाख्रिन र महासचिव सुजन श्रेष्ठले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।