धरान: पेट्रोलियम डिलर्स एशोसिएशन, कोशीले हल्ला गरिए जस्तो नाका सीमा बन्द नभएको र पेट्रोलियम पदार्थ नियमितरुपमा आइरहेको जनाएको छ ।

एशोसिएशनले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थ नियमितरुपमा आपूर्ति भइरहेकोले वितरणमा कुनै समस्या नहुने पनि उपभोक्ताहरुलाई स्पष्ट पारेको छ । एशोसिएशनका अनुसार १ नम्बर प्रदेशमा भारतको बरौनी डिपोबाट जोगवनी नाका हुदै, सिलगुडी डिपोबाट काकाडभिट्टा नाका हुदै र अमलेखगञ्ज बाराबाट पेट्रोलियम पदार्थ आपूर्ति भइरहेको जनाउदै यी नाकाहरु हल्ला गरिएजस्तो बन्द नभएकोले आपूर्तिमा कुनै समस्या नभएको पनि प्रष्ट पारेको छ ।

कोरोना भाइरस(कोडिभ १९)को कारण नेपाल भार सिमा बन्द हुने भन्ने अनावश्यक हल्लाले गर्दा उपभोक्ताहरुले आवश्यक भन्दा बढी पेट्रोलियम पदार्थ खरिद गरी भण्डारण गरिदिएको कारण समग्र बजार प्रभावित हुन पुगेको एशोसिएशनले जनाएको छ । ‘पेट्रोलियम पदार्थ आउने कार्य नियमितरुपमा भइरहेको हुँदा वितरण व्यवस्थामा कुनै असर नपर्ने व्यवहोरा जानकारी गराउदै आधारहिन हल्लाको पछाडि नगई आवश्यक मात्राको पदार्थ मात्र खरिद गरि दिन हुन आम उपभोक्ता वर्गमा हार्दिक अनुरोध गर्दैछौं,’विज्ञप्तीमा भनिएको छ ।

petroliyam