धरान: नेकपा प्रदेश नं १ कमिटीले दुई सय भन्दा बढीको सल्लाहकार कमिटि चयन गरेको छ ।
गत फागुन १९ गते झापाको विर्तामोडमा सम्पन्न दोस्रो पुर्ण वैठकले सल्लाहकार कमिटि चयन गरेको हो । उक्त सल्लाहकार कमिटि गठनबारे प्रदेश कमिटिले सर्कुलर जारी गरेपछि अहिले सल्लाहकारहरुको नाम सार्वजनिक भएको हो । प्रदेश कमिटि सदस्य एवं नेकपा जिल्ला सचिव रमेश बस्नेतका अनुसार प्रदेश सल्लाहकार कमिटीमा धरानका १५ जना चयन भएका छन् ।
धरानबाट सल्लाहकारमा चयन हुनेहरुमा दलवहादुर छाँया, मोतिराज सुनुवार, सुर्य पन्धाक, चन्द्रराज राई, डा.भीम खतिवडा, श्यामकृष्ण पहाडी, विजय डागा, प्रकाश वेघा, राजकुमार खत्री, गणेशवहादुर थापा, चन्द्र उदास रहेका छन् । यस्तै, दयाराम राई, विश्ववन्धु ताम्राकार, अम्विका सम्वाहाम्फे र नरमाया परियार रहेका छन् ।
दोस्रो पुर्ण बैठकले असारसम्म पार्टी सुदृढीकरण अभियान गर्ने निर्णय गरेको थियो । विशाल भेलासहित अभियान सुरु गर्ने भनिएता पनि विश्वभर फैलिएको कोरोना भाइरसको कारण सानो सानो संख्यामा वैठक गरेर अभियान अघि बढाइने बस्नेतले बताए । वैठकसँगै कोरोना भाइरस सम्वन्धि जनचेतना फैलाउने योजना समेत रहेको वस्नेतले बताए । दोस्रो पुर्णबैठक पछि प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम भने कोरोनाको कारण स्थगित भएको थियो ।