उदयपुर: उदयपुरको त्रियुगा ९ झिल्के चोकमा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
हिजो साझँ ६ बजे झिल्के चोक स्थित बाटो छेउमा स १ झ ४७७ नम्बरको एम्बुलेन्सले ठक्कर दिदा उनीहरु गम्भीर घाइते भएका थिए । एम्बुलेन्सको ठक्करबाट स्थानीय ६२ बर्षीय तिलक दनुवार, १४ बर्षीय रोशन दनुवार र ३२ बर्षीय राजकुमार दनुवार गम्भीर घाइते भएका थिए । घाइते मध्ये तिलकको उपचारको क्रममा साझँ साढे ६ बजे जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको छ भने रोशनको न्युरो अस्पताल बिराटनगरमा आज बिहान सवाँ ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
अर्का घाइते राजकुमारको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । बाटो छेउमा बसिरहेका तीनै जनालाई चुहाडेबाट गाईघाटतर्फ आउदै गरेको एम्बुलेन्सले ठक्कर दिएको थियो । ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक सन्तोष खत्री नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।