विराटनगरः जोगवानी रानी नाका हुनै भारतबाट स्वदेश फर्कन चाहने नेपाली अलपत्र परेका छन् ।
उनीहरुलाई कसरी सीमाभित्र्याउने भन्ने बारे जिल्ला प्रशासन र प्रदेश सरकार बीच समन्वय नहुदा अलपत्र परेका हुन् । उनीहरुलाई के गर्ने भनेर साँझसम्म पनि ठोस निर्णय हुन सकेको छैन । जसका कारण विहानदेखि उनीहर दशजगामा बसिरहेका छन् ।
विराटनगर महानगरपालिकाबाट स्वास्थ्य जाँचमा खटिएका स्वास्थ्यकर्मीले चिउरा र भुजिया दिएका छन् भने भोकै बसेका उनीहरु नेपाल आउने आशामा छन् । नाकामा विरामी लिएर आएकाहरु पनि रोकिएका छन् । आफन्तलाई उपचारका लागि दिल्ली लगेर घर फर्कने समयमा उनीहरु नाकामा अलपत्र परेपछि निकै चिन्तित बनेका छन् ।
मंलवार बिहान भारतका विभिन्न शहरबाट स्वदेश फकिएका नेपाली रानी नाकाको मुल प्रवेशद्वारमै सुरक्षाकर्मीले रोकेपछि २७ नेपाली नाकामा रोकिएका हुन् । मंगलबार बिहनैदेखि नाकामा बसिरहेका उनीहरुलाई स्थानीय प्रशासनले नेपाल आउन दिएको छैन । भारतको दिल्ली,गुजरात लगायतका शहरमा कोरोना संक्रमण देखिएपछि उनीहरु मंगलबार विहान सात बजे जोगवनीबाट नेपाल प्रवेश गरेका हुन् । उनीहरु पूर्वी नेपाल भिन्न ठाँउका रहेका छन ।
बिहान झिसमिसेमै नाका प्रवेश गर्न लागेका उनीहरुलाई भारतीय पक्षले छोडेको थियो । तर नेपाल पक्षले रोकेका कारण दशगजामा बसिरहेका छन् । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरिक्षक दिपक थापाका अनुसार विहानबाट २७ जना नाकामा रोकिएका हुन् । नाका अलपत्र रहेका नेपालीलाई के गर्ने भन्ने प्रश्नमा मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल प्रदेश सरकारले जवाफ दिने बताए । यता प्रदेश १ अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले स्वदेश ल्याउने र कसरी राख्ने भनेर पहल भइरहेको बताए ।