धरान: बेङ्लोरबाट आएका लाहानका युवालाई हिजो साँझ टाँडी क्वारेन्टाइनमा पठाइए पनि मध्यराती नै धरान ल्याइएको छ ।
ज्वरो आएको पाइए पछि उनलाई मध्यराती करिब डेढ बजे टाँडी क्वारेन्टाइनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान नै पठाएको छ । उनलाई अहिले प्रतिष्ठानको आइसोलेसनमा राखिएको छ । ज्वरो आएपछि आर्मीले फिर्ता पठाइएको र उनलाई आइसोलेसनमा राखिएको प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा.विका साहले जानकारी दिए । ‘ज्वरो आएपछि क्वारेन्टाइनबाट पठाएको हो, क्वारेन्टाइनमा केही नहुनेलाई मात्र राख्ने हो,’डा.साहले भने ।
लाहानका ती युवा एक साताअघि भारतको बेङ्लोरबाट घर आएका थिए । उनको हिजो वीपीमा थ्रोट स्वाब लिएर क्वारेन्टाइनमा पठाइएको थियो । क्वारेन्टाइनमा पठाउदा उनको स्वास्थ्य ठिक भएपनि राती ज्वरो आएपछि पुनः वीपी प्रतिष्ठान नै फिर्ता ल्याइएको हो ।