सुनसरीः एम्बुलेन्स चालकहरु आवश्यक सुरक्षा विना बिरामी बोकीरहेका छन् ।
स्थानीय पालिका र प्रशासनसँग अनुरोध गर्दा पनि मेडिकल सुरक्षाका सामाग्री नपाएपछि ज्यानको बाजि थापेरै भए पनि काममा खटिरहेकय छन् । ‘पालिकामा माग्न गयौँ पाइएन,’चालक कमल अधिकारीले भने,‘पछि सिडियोले दिन्छन् भने त्यहाँ पनि पुग्यौँ, तर खाली हात फर्किनु पर्यो ।’
सामान्य माक्स, ग्लोब्स र सेनिटाइजर साथमा भए पनि अति आवश्यकीय पिपिइ चालकहरुसँग छैन । बिरामीको प्रत्यक्ष सम्पर्कमा रहने उनीहरुलाई संक्रमणको जोखिम रहेको छ भने उपयुक्त स्वास्थ्य सचेतनाको आवश्यकता छ । ‘पिपिईको त कुरै छाडौँ, यस्तो बेला बिरामीसँग कसरी व्यवहार गर्ने सचेतना कसरी अपनाउने भन्ने बारे कसैले केहि भनेको छैन,’उनले गुनासो गरे ।
आफै असुरक्षित भएरै बिरामी बोकिरहेका यस्ता चालकहरुले लिएर गएका बिरामी अस्पतालले लिन मानेका छैनन । निजी तथा सरकारी अस्पतालमा बिरामी लग्दा सामान्य रुघाखोकी र झाडापखालाका बिरामीसमेत लिन नमानेको अर्का चालक संजय चौधरीले गुनासो गरे । ‘सामान्य ज्वरो आउँदैमा अस्पताल पुुर्याउँदा कसैले नलिएपछि मैले बिरामीले पुनः घरमै पुर्याएको छु,’चौधरीले भने ।
सुनसरीका इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका लगायतले पालिका तहमै क्वारेन्टाइनको व्यवस्था गरेका छन् । कोरोना आशंकय लागेका बिरामी अस्पताल आए धरानस्थित विपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने गरिएको छ । इटहरीको सरकारी अस्पतालका मेडिकल अधिकृत गुञ्जन धितालले भने ज्वरो आएका बिरामी गेटबाटै नफर्काएको र कोरोनाको आशंकय लागे धरानको विपी प्रतिष्ठान रेफर गर्ने गरेको जानकारी दिएको छ ।
विश्व कोरोनाको महामारीसँग जुधिरहेका बेला अतिआवश्यकीय सवारी एम्बुलेन्सकय चालकलाई विशेष सुरक्षाको खाँचो छ । ‘भोली यूरोपका देशमाझैँ साँच्चै विपतीआए फ्रन्टलाइनमा काम गर्ने हामी जस्ता कर्मचारी नै संक्रमित भए कसले बिरामी बोक्ने ?’ अर्का चालक रमेश चौधरी भन्छन्,‘चालकको सुरक्षामा राज्यले चनाखो भइ सचेतनामुुलक कार्यक्रम ल्याउनु आवश्यक रहेको छ भने पिपिइ जस्ता विशेष मेडिकल सामाग्रीको चाँडो प्रबन्ध गर्नुु आवश्यक रहेको छ ।’