धरान: कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा राहत कोषमा साढे ४ लाख सहयोग जुटेको छ ।

धरान उपमहानगपालिकाले आज स्थापना गरेको कोषमा विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले आर्थिक सहयोग गर्न शुरु गरेका हुन् । उमपहागनरले राष्ट्रिय वाणिज्य बैंक धरानमा खाता खोलेर आकस्मिक कोषबाट तत्काल २५ लाख जम्मा गरेको छ । कोषको खाता नं २१६०००६१०७०१ रहेको छ । उक्त कोषमा आज थप ४ लाख ५० हजार एक सय रुपैया प्राप्त भएको सृचना अधिकृत खगेन्द्र खतिवडाले जानकारी दिए ।

सुचना शाखाका अनुसार श्याम शोनी, धरान ३ बाट एक लाख सहयोग प्राप्त भएको छ भने डा .हरी शर्मा धरान १० बाट १५ हजार, मदनमान अमात्य धरान १ बाट १० हजार १ सय कोषमा जम्मा भएको छ । यस्तै, घण्टाघर व्यवस्थापन समितिले ३ लाख प्रदान गरेको छ भने शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था धरान १ ले २५ हजार रुपैया सहयोग गरेको छ ।