धरान: भारतबाट फर्किएका थप एक व्यक्तिमा कोरोना संक्रमण भएको फेला परेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा एक व्यक्तिमा पनि संक्रमण भएको रिपोर्ट आएको छ । यो सँगै नेपालमा संक्रमित हुनेको संख्या सात जना पुगेको छ । नेपालमा देखिएका संक्रमितहरु सबै विदेशबाट आएकाहरु हुन् । प्रदेश एकको धरानस्थित वीपी प्रतिष्ठानमा पनि कोरोना परीक्षण भइरहेको छ । अहिलेसम्म यहाँबाट २ दर्जनको स्वाब परीक्षण भइसके पनि सबै रिपोर्ट नेगेटिभ नै आइरहेको छ ।