पाँचथर: पाँचथरको फिदिम नगरपालिका ५ का वडाअध्यक्षको निधन भएको छ ।

वडा ५ का ३७ बर्षीय वडाअध्यक्ष लिलानाथ तुम्बापोको उपचारको क्रममा झापाको बि एण्ड सि अस्पतालमा निधन भएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हिजो एक्कासी बिरामी भएका तुम्बापोलाई उपचारको लागि झापाको विर्तामोडस्थित अस्पतालमा ल्याइएको थियो । उनको शरिरमा सेतो रक्तकोषको कमी भएको कारण उपचारकै क्रममा आज दिउँसो ३ बजे मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।