धरान: धरानको वडा नं १३ ले शुक्रबार आफ्नो वडाका विपन्न परिवारहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ ।

लगत संकलन भएअनुसार वडाको विभिन्न टोल एवं वस्तीहरुमा खाद्यान्न राहत स्वरुप वितरण गरेको हो । वडाले यसअघि नै तयार गरेको रेस्क्यु टिम र थप स्वयमसेवकहरु पनि परिचालन गरेर राहत विरण गरेको जनाएको छ । ती टिमले वडाका विपन्न नागरिकहरुको घर घरमा नै पुगेर खाद्यान्न विरतण गरेको थियो ।

रेस्क्यु टिममा सक्रिय घनश्याम तिम्सिनाका अनुसार ३ जनासम्मको परिवारलाई ५ केजी चालम, १ केजी दाल, १ केजी नुन र १ लिटर तेल दिइएको छ भने ३ जना माथिको परिवारलाई १० केजी चामल, १ केजी दाल, १ केजी नुन र १ लिटर तेल दिइएको छ । पहिलो दिन शुक्रबार दिनभर ४ सय भन्दा बढी घर परिवारलाई राहत वितरण गरिएको रेस्क्यु टिमका सदस्य विष्णु चौलागाईले जानकारी दिए । उनका अनुसार वडा कार्यालय, विभिन्न संघसंस्था र दाताहरुको सहयोगबाट राहत वितरण गरिएको हो ।