धरान: लकडाउनले समस्यामा परेका सर्वसाधारणहरुलाई राहत स्वरुप नेपाल कम्युनिष्ट पार्टी(नेकपा) धरानले खाद्यान्न सहयोग गरेको छ ।

आज सभागृहस्थित धरान उपमहानगरपालिकाको फुड बैंकको भण्डारणमा नेकपा नेतृत्वले खाद्यान्न हस्तान्तरण गरेको हो । नेकपा धरानका अध्यक्ष नारायण सुवेदीका अनुसार २५ सय केजी चामल र २ बोरा न्युटेला फुड बैंकमा सहयोग गरिएको छ । नेकपा जिल्ला सचिव रमेश बस्नेत, संघीय सांसद जयकुमार राई, नेकपा प्रदेश सदस्य अबइन्द्र बेघा, जिल्ला सदस्य तथा नगर इञ्चार्ज चोत्लुङ, सह इञ्चार्ज पदम इस्बोलगायत नेताहरुको उपस्थितिमा खाद्यान्न हस्तान्तरण गरिएको थियो ।

विश्वव्यापी महामारीमा फैलिएको कोरोना भाइसर(कोभिड १९) रोक्न गरिएको लकडाउनबाट प्रत्यक्ष मारमा परेका सर्वसाधारणहरुलाई सहयोग गरिएको अध्यक्ष सुवेदीले बताए । उनका अनुसार कान्छी मन्सुली चालम २५ सय केजी अर्थात १ लाख ७ हजार ५ सय मुल्य बराबरको दिइएको छ भने दाल नपाएपछि २० किलो न्युटेला सहयोग दिइएको छ । 'दाल दिने भनेका थियौं, नपाए पछि न्युटेला दिइएको छ,'उनले भने ।

मेयर तिलक राईले सहयोगप्रति नेकपालाई धन्यवाद दिदै कार्यविधिले भनेअनुसारका अतिविपन्न परिवारलाई राहत दिइने बताए । उनले वडाहरुबाट आएको तथ्यांकमा पनि थप स्क्रिनिङ गरेर राहत वितरण गरिने बताए । ‘सबै वडाहरुमा राहत पुग्ने विश्वास दिलाउछुँ,’उनले भने,अन्य महानुभाव संघसंस्थाहरुलाई पनि यो फुडबैंकमा खाद्यान्न सहयोग गर्न आग्रह गर्न चाहन्छुँ ।’

IMG_9943.psd