धरान: लकडाउनले समस्यामा परेका विपन्न परिवारहरुलाई राष्ट्रिय युवा संघ सुनसरी र नेकपा १६ नम्बर वडा कमिटिले राहत वितरण गरेको छ ।

१६ नं वडा कार्यालयसँग सहकार्य गरेर संघ र नेकपाले शनिवार राहत वितरण गरेको हो । धरान १६ नम्बर वडास्थित नौलो वस्ती, गैरी गाउँ, गणतन्त्र वस्ति र अन्य चोकका गरि एक सय ५० घर परिवारलाई राहत वितरण गरिएको संघका सुनसरीका अध्यक्ष भुवन याक्खाले जानकारी गराए । राहत स्वरुप प्रत्येक परिवारलाई १५ केजी चामल वितरण गरिएको संघका सुनसरी इन्चार्ज पुर्ण भुजेल चिन्तनले जानकारी दिए ।

युवा संघले यसअघि पनि धरान ११ स्थित सोलिङ वस्तिमा राहत वितरण गरेको थियो । युवा संघले समस्यामा परेका निवासमा गएर नै राहत वितरण गरेको जनाएको छ । राहत वितरण कार्यमा धरान उपमहानगरपालिका नेकपा सदस्य हिमाल कार्की, धरान १६ न. वडा कमिटि सचिव कैलास लिम्वु लगायतको उपस्थिति रहेको थियो ।