धरान: कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा धरानका जनप्रतिनिधिहरुले पनि १५ दिनको सेवा सुविधावापत रकम जम्मा गरेका छन् ।

कार्यपालिका बैठकले कोषमा सबै जनप्रतिनिधिहरुको १५ दिनको सेवासुविधा जम्मा गर्ने निर्णय गरेका थिए । सोही निर्णयअनुसार ७ लाख ५७ हजार रुपैया कोषमा सहयोग प्राप्त भएको उपमहानगरपालिकाले जनाएको छ । यसैगरि, कोषमा एन प्याब्सनले नगद एक लाख सहयोग गरेको छ भने भगवतप्रसाद श्रेष्ठ स्मृति धर्मशाला धरान १८ले डा.बिक्रम श्रेष्ठमार्फत २५ हजार सहयोग गरेको छ भने लक्ष्मी हाडामार्फत डा.बिक्रम श्रेष्ठले २५ हजार दिएका छन् ।

नेपाल बौद्ध गुम्बा गुरुङ सेवा समिति तथा गुरुङ आमा समुह धरान १८ बाट पनि २५ हजार सहयोग प्राप्त भएको सुचना अधिकृत खगेन्द्र खतिवडाले जानकारी दिए । यस्तै, तमु ह्युल छोद धि गुरुङ राष्ट्रिय परिषद सुनसरीले पनि २५ हजार सहयोग गरेको उनले जानकारी दिए । आजको मितिसम्म कोषमा कुल ४० लाख ८४ हजार १ सय रुपैया जम्मा भएको छ । त्यसमध्ये उपमहानगरपालिकाले २५ लाखको कोष स्थापना गरेको थियो भने विभिन्न व्यक्ति तथा संघसंस्थाहरुाट १५ लाख ८४ हजार १ सय रुपैया सहयोग प्राप्त भएको उपमहानगरपालिकाले जनाएको छ ।

fund