विराटनगरः प्रदेश एक सरकारले भारतीय भुमिबाट नेपाल प्रवेश गरेका नागरिकको निगरानी बढाएको छ भने सतर्कताका लागि स्थानीय सरकारलाई चनाखो रहन भनेको छ ।
सरकारले तेस्रो मुलुकबाट आएका प्रदेशका नागरिकको लगत राखिसकेको पनि जनाएको छ । यस्तै, भारतको सीमा नाकाबाट स्वदेश छिरेका नागरिकको अवस्था बुुझ्न र सीमा पार रहेका नागरिकको अवस्था बारे दुुई देशबीचको समन्वय भइरहेको सरकारका प्रवक्ता हिक्मत कुमार काकीले जानकारी दिएका छन् । आन्तरिक मामिला एवम कानुन मन्त्रीसमेत रहेका कार्कीले पहिलो चरणमा क्वारेन्टाइनमा बसेका नागरिकको स्वास्थ्य परिक्षण गरेर घर पठाइएको छ ।
त्यस्तै सीमानाकाबाट स्वदेश छिरेका नागरिकको स्वास्थ्य शंका गर्नुुपर्ने अवस्था भए प्रदेश सरकार र स्थानीय सरकारले निर्माण गरेको क्वारेन्टाइनमा पठाउने व्यवस्था मिलाइएको छ । तेस्रो मुलुक हुँदै स्वदेश फर्केका प्रदेश भित्रका सम्पुुर्ण नागरिकको जानकारी सरकारले राखेको छ । केहीको कोरोना आशंकामा स्वास्थ्य उपचार भइरहेको र केही चिकित्सकको निगरानीमा होमक्वारेन्टाइनमा रहेका छन् ।
प्रदेश सरकार र विराटनगर महानगरपालिकाले सीमामा राखेको हेल्थ डेस्कको तथ्याङ्क अनुसार चैत १ गतेदेखि हालसम्म ९९ हजार १ सय ६५ जना भित्रिएका छन् । हेल्थ डेस्कमा जाँच नगराई भित्रिएकाहको तथ्याङ्क संकलन भएको छैन । मेची नगरपालिकाको तथ्यांकअनुसार ९ दिनमा साढे ८४ हजार नागरिक नेपाल भित्रिएका छन् । नगरपालिकाले काँकडभिट्टामा गत चैत १ गतेदेखि हेल्थ डेस्कको स्थापना गरी नाकाबाट आवागमन गर्नेहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै लगत राख्न थालेको थियो ।
प्रदेश भित्र रहेका १ सय ३७ पालिकालाई विपन्न परिवारलाई तत्काल राहत वितरण थाल्न प्रदेश सरकारले निर्देशनसमेत दिएको छ । कम बजेट भएका पालिकालाइ भने प्रदेश सरकारले अनुुदान दिने तयारी थालेको प्रवक्ता कार्कीको भनाई छ । प्रदेश एक सरकारले विराटनगरको ५० वेडको कोरोना स्पेशल अस्पतालको निर्माण गरेको छ । धरानको विपी प्रतिष्ठानमा ५० वेडको कोरोना जाँच कक्षको तयारी भइरहेको छ । प्रदेश एकमा २ सय ३२ स्थानमा ३७ सय ७१ ओटा क्वारेन्टाइन वेड तयारी अवस्थामा रहेका छन् भने ४१ आइसोलेसन वेडको निर्माण गरिएको छ । कोरोना उपचारकालागि भनेर ४१ आटा आइसीयूकक्ष छुुट्याइएको छ ।