धरान: धरान उपमहानगरपालिकाले नगर क्षेत्रको भिडभाड तथा जोखिम क्षेत्रमा सुक्ष्म जीवाणु, भाइरस तथा ब्याक्टेरिया नष्ट गर्नको लागि ब्लिचिङ पाउडर(डिस्इन्फेक्टेन्ट) छर्केको छ ।
उपमहागनरपालिकाले धरानको जोखिम क्षेत्र मानिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा आज बिहान ब्लिचिङ पाउडर घोलेर छर्केको हो । उपमहानगरले दमकलको प्रयोग गरेर प्रतिष्ठानको इर्मजेन्सी, ओपिडी र जिओपिडी भवन परिसरमा ब्लिचिङ पाउडर छर्केको थियो भने मुल गेटबाहिर पनि छर्किने स्वास्थ्य महाशाखाका कविराज रामबाबु यादवले जानकारी दिए ।
कविराज यादवका अनुसार प्रतिष्ठान पछि भानुचोक, छाताचोक, कृषि बजार र सभागृह परिसरमा पनि छरिनेछ । ‘यो विश्व स्वास्थ्य संगठनले स्वीकृत गरेको फर्मुला अनुसार नै जिवाणुहरु मार्ने अभियान हो,’उनले भने,‘यसले भाइरस, ब्याक्टेरिया हटाउने, मार्ने काम गर्छ । संक्रमणको जोखिम भएको र भिडभाड हुने क्षेत्रलाई प्राथमिकता दिइएको हो ।’ उनले १ लिटर पानीमा १४.२८ ग्राम घोलेर भुँइमा छरिने गरिएको छ ।