धरान:वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले आफु पैसा खुवाएर नियुक्त नभएको बताएका छन् ।

क्लिक धरानसँग मोवाइल सम्पर्कमा संक्षिप्त प्रतिक्रिया दिदै उनले आफु विगतको जस्तो पैसा खुवाएर उपकुलपति नियुक्ती नभएको बताए । उनले आफु गल्ती नगर्ने र अरु कसैलाई पनि गर्न नदिने प्रतिवद्धता पनि व्यक्त गरे । ‘म भर्खर नियुक्ती भएको छुँ । विगतको भिसि जस्तो पैसा खुवाएर आएको होइन,’उनले भने,‘म आफु गल्ती गर्दिन, अरुलाई पनि गर्न दिन्न । म के गर्न सक्छु, त्यो बोलेर होइन काम गरेर नै देखाउछुँ ।’

डा.गिरीले प्रतिष्ठानको समस्याहरुलाई गहनरुपमा बुझेर सही ट्रयाकमा ल्याउने पनि प्रतिक्रिया दिए । प्रधानमन्त्रीबाट आफुले गहन जिम्मेवारी पाएको भन्दै उनले बीपी प्रतिष्ठानलाई नेपालकै नम्बर वान प्रतिष्ठित संस्था बनाउने पनि जिकिर गरे । ‘वीपीको समस्याहरुको अध्ययन गरेर, राम्रोसँग बुझेर सही ट्रयाकमा ल्याउछँु । विकृति विसंगति हटाउछु र नेपालकै नम्बर वान प्रतिष्ठित संस्था बनाउछुँ,’डा.गिरीले भने । उनले नियुक्तीको पत्र आज पाइसकेको जानकारी दिदै आवश्यक सल्लाह गरेर वीपी प्रतिष्ठानमा आउने बताए ।