धरान: मितेरी डेभलपमेन्ट बैंकले धरान उपमहानगरपालिकाको राहत कोषमा आर्थिक सहयोग गरेको छ ।
धरानमा मुख्य कार्यालय भएको मितेरीले राहत कोषलाई २ लाख सहयोग गरेको हो । बैंकका सञ्चालक समिति अध्यक्ष किसन मास्के, प्रमुख कार्यकारी अधिकृत(सिईओ) तुलसीप्रसाद वस्ती, सञ्चालक सदस्यहरु सरोज श्रेष्ठ, सुनिल श्रेष्ठले मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीलाई चेक हस्तान्तरण गरेका थिए । बैंकका अध्यक्ष मास्केले आवश्यक परेमा थप सहयोग गर्ने बताए ।
मेयर राईले सहयोगप्रति आभार प्रकट गर्दै मितेरी धरानको लागि गौरव भएको धारणा व्यक्त गरे । उनले धरानमा घण्टाघर, वीपी प्रतिष्ठान, स्वीमिङ पुल बन्दा गर्व गरेजस्तै प्रधान कार्यालय धरानमा स्थापना हुदा पनि गर्व गर्नुपर्ने बताए । साथै उनले प्राप्त भएको सहयोग लक्षित वर्गमा नै पुग्ने पनि उनले बताए । यसअघि पनि मितेरीले प्रदेशको कोषमा ५ लाख रुपैया प्रदान गरेको थियो । मितेरीका सिईओ वस्तीले पनि व्यक्तिगतरुपमा धरान उपमहानगरको राहत कोषमा १ लाख २५ हजार दिइसकेका छन् ।