धरान: कोरोना भाइरस(कोभिड १९) बारे वा राहत विरतणबारे धरान उपमहानगरपालिका तथा जनप्रतिनिधिहरुसँग कुनै गुनासो छ ? त्यो गुनासो कसैलाई पोख्न पाउनु भएको छैन ?

अब चिन्ता नलिनुस् । धरानका मेयर तिलक राईले हरेक दिन आधा घण्टासम्म नगरबासीहरुको गुनासो सुन्ने भएका छन् । यसको लागि २ वटा मोवाइल सिमको प्रबन्ध गरिने मेयर तिलक राईले जानकारी दिए । ‘नगर प्रमुखसँग कोभिड १९ संक्रमणबारे वा राहत वितरणबारे पनि केही गुनासो हुनसक्छ, आग्रह वा सुझावहरु हुनसक्छ, त्यसको लागि गुनासो सुन्ने व्यवस्था गर्दैछौं,’मेयर राईले भने,‘कसैलाई राहतकोलागि पैसा दिन चाहन्छु, कसरी दिने भन्ने पनि हुनसक्छ । यी सबै परिप्रेक्ष्यमा केही सुझाव, गुनासोहरु सुनाउनको लागि व्यवस्था गर्दैछौं ।’

मेयर राईले हरेक दिन दिउँसो १ बजेदेखि साढे १ बजेसम्म आधा घण्टासम्म गुनासो सुन्ने भएका छ्रन । यसको लागि मोवाइल सिम लिएपछि नम्बर सार्वजनिक गरिने पनि मेयर राईले बताए ।