धरान(डेस्क): संखुवासभाको पाँचखपन २ की ५२ बर्षीया डम्बर कुमारी राईको चट्याङले लागेर मृत्यु भएको छ ।

हिजो शनिबार बेलुका पौने ८ बजे घरको आँगनमा बसिरेहकी राईलाई बर्षासंगै आएको चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

यसैगरी, हिजो बेलुका साढे ६ बजे बर्षासंगै आएको चट्याङ लागेर खोटाङ केपीलाशगढी १ मा पनि दुई जनाको मृत्यु भएको छ । स्थानीय १५ बर्षीय राजमणी राई र ३५ बर्षीया निर्मला बिकको चट्याङले मृत्यु भएको हो । दुवै आआफ्नै घरमा बसिरहेका दुबै जनालाई चट्याङले लाग्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।