काठमाडौं: र्यापिड टेष्टमा कोरो्ना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका तीन जनामध्ये दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका एकै परिवारका तीन जनालाई र्यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनीहरुलाई हिजो अस्पताल भर्ना गरिएको थियो । ती मध्ये दुईको पनि पिसिआर टेष्टमा पोजेटिभ आएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी छ । एकै परिवारका आमा, छोरा र बुहारी २९ दिन अघि लन्डनबाट आएका हुन् । उनीहरु दोहा हुँदै काठमाडौं आएर क्वारेन्टाइनमा बसेका थिए । अस्पतालमा भर्ना भएका तीनै जनाको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।
अपार्टमेन्टमा बस्ने सबैको परीक्षण
सनसिटी अपार्टमेन्टमा बस्ने व्यक्तिहरुको पनि परीक्षण शुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सनसिटीमा बस्नेहरुको परीक्षण शुरु भएको छ भने संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको ट्रेसिङ पनि सुरु गरिएको छ ।