धरान: लकडाउन उल्लंघन गरेको भन्दै हेल्थ असिटेष्टमाथि प्रहरीले कुटपिट गरेपछि काम छोडेर धरान उपमहानगरपालिकामा भेला भएका स्वास्थ्यकर्मीहरुलाई मेयर, उपमेयरले सुरक्षाको प्रत्याभूति हुने आश्वासन दिएपछि काममा फर्किएका छन् ।

आफु कार्यरत स्वास्थ्य संस्था एवं क्षेत्रमा आउजाउ गर्न समस्या भएको साथै प्रहरीद्धारा दुव्र्यवहार, कुटपिट पनि हुन थालेको भन्दै धरान उपमहानगरपालिकाअन्र्तगतको हेल्थपोष्ट, सहरी स्वास्थ्य केन्द्रलगायतमा कार्यरत स्वास्थ्यकर्मीहरु आज काम छोडेर उपमहानगरपालिकामा भेला भएका थिए । उनीहरुले उपमहागनरपालिकासँग लिखितरुपमा निवेदन पेश गर्दै सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग गरेका थिए । मेयर राईले कार्ड लगाएर काम गर्ने वातावरण बन्ने प्रतिवद्धता जनाएपछि उनीहरु काममा फर्किएका थिए ।

मेयर तिलक राईले घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेसँग कुरा गरेको र फेरी यस्तो घटना नदोहोरिने बताए । लकडाउन कडा गर्नुपर्ने जिम्मेवारी प्रहरीलाई नै भएकोले कहिलेकही असझादारीबाट घटना भएको हुनसक्नेतर्फ मनन् गर्दै अहिलेको बिशेष परिस्थितिमा यो बिषयलाई ठुलो नबनाउन मेयर राईले स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । साथै, उनले घटनाबारे डिएसपी न्यौपाने, पीडित स्वास्थ्यकर्मी, स्वास्थ्य महाशाखा प्रमुखसहित छलफल गर्ने भन्दै सबैलाई काममा फर्किन पनि आग्रह गरेका थिए । ‘तपाईहरु ढुक्क हुनुस्, कार्ड लगाएर काम गर्ने वातावरण हुन्छ । यो बिषयमा हामी डिएसपीसँग फेरि छलफल गछौं,’उनले भने,‘अहिले तपाईहरु काममा फर्किनुस् ।’

आज बिहान विष्णुपादुका स्वास्थ्य चौकीका हेल्थ असिस्टेष्ट चन्द्रप्रकाश खनाललाई पानवारीमा प्रहरीले कुटपिट गरेका थिए । स्वास्थ्यको कार्ड देखाउदा पनि कुटपिट गरेको उनको भनाई थियो । यो घटना पछि सुरक्षा नभएको भन्दै धरान उपमहानगरमातहतका स्वास्थ्यकर्मीहरु काम छोडेर उपमहानगरपालिकामा भेला भएका थिए । health mayor-upamayor