धरान: प्रदेश एकको झापा जिल्लामा पनि एक जना कोरोना संक्रमित भएको पुष्टि भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणबाट पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । झापाका संक्रमित ६२ बर्षीय हुन् । योसँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ भने देशभर ४९ जना पुगेको छ । निको भएर घर फर्किनेको संख्या १० जना पुगेको छ । प्रदेश एकको ३० जना मध्ये पनि २८ जना उदयपुरमा भेटिएको हो भने एक जना भोजपुरका हुन् ।