धरान: भोजपुरको हतुवागढीका कोरोना संक्रमित युवाको धरान १३ स्थित मामाका छोराछोरीमा पनि कोरोना संक्रमण नभएको पाइएको छ ।

आज धरान उपमहानगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले गरेको र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटी) परीक्षण गर्दा नेगेटिभर रिपोर्ट आएको थियो । वडाअध्यक्ष नेत्र काफ्लेका अनुसार संक्रमित युवाको मामाका १७ बर्षीय छोरी र १३ बर्षका छोराको पनि आरडिटी जाँच गरिएको थियो । ‘दुवैको रिपोर्ट नेगेटिभ आयो,’अध्यक्ष काफ्लेले भने ।

यसअघि, हिजो साँझ पनि संक्रमित युवाको मावलीका हजुरबुबा र माइजुको पनि जाँच गरिएको थियो । उनीहरुको पनि रिपोर्ट नेगेटिभ नै आएको थियो । संक्रमित युवा साउदीबाट आएपछि धरानको मावलीमा पुगेको खुलेपछि कन्ट्याक्ट ट्रेसिङ गरेर त्यहाँ रहको ४ जनाको परीक्षण गरिएको हो ।