वीरगन्ज: वीरगञ्जमा २ जना पुरुषमा कोरोना भाइरस(कोभिड १९) पोजेटिभ देखिएको छ ।

पिसिआर परीक्षण गर्दा वीरगन्ज महानगरपालिका वडा नं २ र ३ का दुई व्यक्तिमा पोजेटिभ देखिएको हो । यसअघि, पोजेटिभ देखिएको छपकैयास्थित मस्जिदमा रहेका तीन भारतीयको सम्पर्कमा आएका उनीहरुमा पनि संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका सह(प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमण देखिएका दुवैको स्वास्थ्‍य अवस्था सामान्‍य रहेको छ । पोजेटिभ रिपोर्ट आएपछि दुवैलाई नारायणी अस्पतालमा राखिएको छ । कोरोना संक्रमित भारतीय जमातीसँग सम्पर्कमा रहेकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।