धरान: पर्यटकीय आकर्षणको केन्द्र भेडेटारमा लकडाउनले पर्यटकको चहलपहल छैन । यहाँको चोकमा हिजोआज सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको संख्या भने बाक्लो छ ।

भेडेटार चोकमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको उपस्थिति चौबिसै घण्टा छ । यहाँ धरान हुँदै कोशी राजमार्गबाट धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरतर्फ जाने मानिसहरुको जाँचको लागि हेल्थ डेस्क राखिएको छ । जहाँ मानिसहरुको थर्मल गनद्वारा ज्वरो नापिन्छ भने हात धुने व्यवस्था पनि गरिएको छ । यस्तै,सवारीसाधनहरुलाई पनि डिस्इन्फेक्सन गरिने व्यवस्था गरिएको छ । bhedetar

प्रहरी चौकी भेडेटारका सई यदुकुमार खड्काका अनुसार प्रदेश सरकार, साँगुरीगढी गाउँपालिकाको सहयोगमा यो व्यवस्था गरिएको हो । धरानतिरबाट आउने सानो र ठुलो सबै गाडीलाई डिस्इन्फेक्सन गरिने उनले बताए । ‘इन हुने सबै गाडीलाई गरिन्छ । २४ घण्टामा १२०, १२५ वटा गाडीहरु इन भइरहेको छ,’सई खड्काले भने,‘खाद्यान्न, सब्जी र अत्यावश्यक पास लिएका गाडीहरु मात्र जान दिएका छौं । १५, २० प्रतिशत पास नहुनेलाई फकाईदिन्छौं ।’ पास नभए पनि मरिमराउ भएको, अतिआवश्यक काम भएकालाई नजिकको प्रहरी कार्यालयसँग समन्वय गरेर पठाइदिने गरेको उनले बताए ।

bhedetar1

हेल्थ हेस्कमा खटिएकी महिला स्वास्थ्यकर्मीका अनुसार भेडेटार हुदै पहाडतर्फ जाने सबैलाई थर्मल गनद्वारा ज्वरो नापिन्छ भने हात धुन लगाउने र कोरोनाबारे पनि जानकारी गराउने गरिएको छ । ‘कोही पनि शंकास्पद व्यक्तिहरु आएका छैनन्, सबैको स्वास्थ्य नर्मल नै छ,’उनले भनिन्,‘क्वारेन्टाइनमा बसेकाहरु पनि नर्मल नै थिए ।’

bhedetar5 bhedetar-dis