काठमाडौँ: नेपालमा एकै दिन १० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार १० जना संक्रमति थपिएको जानकारी दिएको हो । यो सँगै संक्रमितको संख्या ६९ पुगेको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । डा. देवकोटाका अनुसार बाँकेको नेपालगञ्जका ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको छ भने पर्सा जिल्लाका एक पुरुषमा संक्रमण देखिएको छ ।