धरान: प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले किरात चाड उभौलीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
विज्ञप्ती जारी गर्दै सभामुख भण्डारीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरुले समृद्ध हाम्रो मुलुक विविधताभित्र एकता, सामाजिक सद्भाव र सहिष्णुताको अनुपम उदाहरण भएको बताएका छन् । साझा सँस्कृतिका रुपमा विकास हुँदै गरेका हाम्रा संस्कार, सँस्कृति एवंम् पर्वहरुले हाम्रा भाषिक, भौगोलिक, साँस्कृतिक एवंम् जातिय विविधताहरुलाई एक सुत्रमा बाँधेर सामाजिक सहिष्णुता, सद्भाव, राष्ट्रिय एकता तथा नेपालीको साझा पहिचान कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्, सभामुख भण्डारीले भनेका छन् ।
परम्परा, रीतिथिति, संस्कृति, संस्कार तथा सामाजिक सहिष्णुता र सद्भावको निरन्तरताको रुपमा मनाउदै आएका पर्वहरु हाम्रो अमूल्य नीधि र पहिचान भएको पनि सभामुख भण्डारीले उल्लेख गरेका छन् । साकेला उभौली पर्वको अवसरमा नेपालीहरुवीच आपसी सद्भाव र सहिष्णुता कायम गर्दै सामाजिक एकता, शान्ति र मेलमिलापको पनि सभामुख भण्डारीले कामना गरेका छन् ।