धनकुटाः धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले कन्द्र सरकार रमिते मात्र बनेको गुनासो गरेका छन् ।

मेयर तामाङले लकडाउनको एक साता सकिने बित्तिकै जनतासँग गएर छलफल गरेको बताए । जनताको मागका आधारमा दैनीक ज्यालादारी गर्ने मजदुर, भुमिहिन किसान र सुकुम्वासी पहिचान गरेर २२ सय ९३ घरलाई पहिलो चरणको राहत वितरण गरिएको उनको भनाई छ । अब मध्यम वर्गमा समेत अप्ठ्यारो स्थिति आउने बेला भइसक्दा माथिल्ला दुुई तहका सरकार रमिते मात्र बनेको बताए । उनले प्रदेश सरकारले १० लाख पठाएको भए पनि केन्द्र सरकार भने अहिलेसम्म रमिते मात्र बनेको गुनासो पोखे । विपतसँग सामना गरिरहेका स्थानीय सरकारले सहयोग गर्नुुको साट्टो हत्तोसाहित हुने कुरा गरिरहेको भन्दै यसले आगामी दिनमा कसरी अघि बढ्ने भन्ने चिन्ताले छोएको मेयरको टिप्पणी छ ।

देश पुुर्णरुपमा लकडाउनमा गएको भनिए पनि सरकारका मन्त्री आँफै लकडाउन उल्लंघन गरिरहेको भन्दै तल्लो तहलाई बोझ बढाउने मात्र काम गरिरहेको उनको तर्क छ । ‘माथिबाट धनकुटा आउने थप ६ सय नागरिक ल्याउनु भनेर कुरा आइरहेको छ,’मेयर तामाङले भने,‘अस्ति ल्याउँदा प्रतिव्यक्ति १५ सय तिरियो, अब ६ सय ल्याउँदा त नगरको डाढै भाचिने भयो नि ।’ उनले लकडाउन निर्णय गरेर पनि संघीय सरकार गम्भिर नभएको र यसले भोली गम्भिर क्षती हुनसक्ने बारे ध्यानाकर्षण गराएका छन् । ‘लकडाउन भन्या लकडाउन नै हो नि, यस्तो बेला यता उता हिँड्ने हो र ?’उनले प्रश्न गरे ।

माथिल्ला सरकारको हेलचेक्राइएको नजिता तल्ला तहका सरकारले भोग्नुपर्नेतर्फ सचेत हुन उनको आग्रह छ । स्थानीय तह नभएको भए परिणाम भयावह हुनेतर्फ सोच्नुुपर्ने समेत तामाङको भनाई छ । राहत वितरणमा विशेष ध्यान दिएको नगरले आफ्नो नगरक्षेत्रमा रहेको जो कोहि नागरिकलाई वेवारिसे वा अप्ठ्यारोमा परेको देखिए मानवीयताको हिसाबले राहत दिएको जानकारी दिए । ‘काठमाण्डौमा त मेरो क्षेत्रको हो कि होइन भनेर मात्र रात दिँदा रहेछन्,’उनले आक्रोश पोखे,‘यस्तो बेला आफ्नो क्षत्रको मात्र हेर्ने हो ? मानवीयता हराएको हो ? हामीले त हुम्ला, जुम्ला देखि आएर आपत परेका नागरिकलाई समेत सहयोग गर्यौँ ।’