धरान: नेपालमा थप ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

उदयपुरको भुल्केमा ३ जना, कपिलवस्तुमा ३ जना र पर्साको छपकैया एक जना गरी ७ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ सय ९ जना पुगेका छन् । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उदयपुरको भुल्केका संक्रमित ३ जना महिला हुन् । उनीहरुको उमेर १८, ४५ र ६५ बर्ष रहेको छ । यस्तै, कपिलवस्तुमा १७, १८ र १८ बर्षका युवाहरुमा संक्रमण देखिएको हो भने पर्सामा ६५ बर्षका वृद्धमा संक्रमण पुष्टि भएको डा.अधिकारीले जानकारी दिएका छन् । उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको छ । press-re