धरान: कपिलवस्तुमा १० जनामा कोरोना संक्रमित पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं ५ तथा बुद्धभुमि नगरपालिका वडा नं ७ र १० का भएको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिएका छन् । उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु छन् । एक जना पुरुषको भने उमेर खुलेको छैन ।उनीहरुको स्वास्थ्य सामान्य रहेको र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको पनि डा.अधिकारीले जनाएका छन् ।