धरान: नेपालमा आज एकैदिन ५७ जनामा कोरोना संक्रमितहरु थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्तीमार्फत यो जानकारी दिएका हुन् । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको पनि डा. अधिकारीले जानकारी दिएका छन् । नेपालमा कुल संक्रमित संख्या १९१ पुगेको छ ।