धरान: भारतले नेपाली भुमी अतिक्रमण गरेको विरोधमा प्रर्दशन गर्दा पक्राउ परेका नेवि संघका विद्यार्थी नेता र सामाजिक अभियन्ताहरु छुटेका छन् ।
आज दिउँसो भानुचोकमा प्रर्दशन गरिरहदा छुट्टा छुट्टै समयमा प्रहरीले नेवि संघका नेता, कार्यकर्ताहरु र अभियन्ता हर्क साम्पाङको टोलीलाई पक्राउ गरेको थियो । पक्राउ परेका १४ जनालाई करिब ५ बजे छाडिएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
आज प्रहरीले दिउँसो नेवि संघका जिल्ला सचिव टकेन्द्र राई, महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सचिव तथा इकाई कार्यवाहक सभापति दोर्जी शेर्पासहित ९ जनालाई पक्राउ गरेको थियो । यस्तै, सामाजिक अभियन्ता हर्क साम्पाङसहित ५ जना अभियन्ताहरुलाई पनि प्रहरीले पक्राउ गरेको थियो । छुट्टा छुट्टैरुपमा प्रर्दशन गरेको नेवि संघ र अभियन्ताहरुलाई प्रहरीले इलाका प्रहरी कार्यालय परिसरमा राखेको थियो ।