धरान: कोरोना संक्रमण पुष्टि भएका दुई व्यक्ति अस्पतालबाट भागेका छन् ।
संक्रमण पुष्टि भएपछि वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएका दुई जना आज बुधबार दिउँसो भागेका हुन् । उनीहरु शौचालय गएको बेला भागेका हुन् । उनीहरुलाई हिजो मंगलबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्तले अस्पतालको आइसोलेसनबाट भागेका व्यक्तिहरुको खोजी कार्य भइरहेको जानकारी दिइन् । मंगलबार पर्सामा एकैपटक ५७ जना कोरोना संक्रमित पुष्टि भएको थियो ।